काठमाडौं–दिल्ली उडान १ कात्तिकदेखि खुलाउने तयारी

समाचार

10/9/2020

काठमाडौं, २३ असोज । सरकारले १ कात्तिकदेखि भारतको दिल्ली उडान खुलाउने तयारी गरेको छ । गत चैतदेखि बन्द भारतको दिल्ली उडान खुलाउन नेपाल र भारत दुवै पक्षले पहल गरिरहेका छन् ।

नेपाल वायुसेवा निगमले पनि काठमाडौं–दिल्ली उडान खुलाउन भन्दै पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको छ । उता भारतीय पक्षले पनि दिल्ली–काठमाडौं उडान खुलाउन माग गर्दै एक साताअगाडि नै नेपाललाई प्रस्ताव पठाइसकेको छ ।

सरकारले अन्य देशसँग १७ भदौदेखि अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरे तापनि भारततर्फ भने हालसम्म खुलाइएको छैन ।

१ कात्तिकदेखि खुलाउनका लागि भन्दै सिसिएमसीमा प्रस्ताव पठाएको, तर निर्णय नआएको पर्यटन मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन् । यता निगमका कार्यकारी अध्यक्ष घिमिरे निगम दिल्ली उडानको तयारी अवस्थामा बसेको बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ