काठमाडौंमा जसपाको विरोध प्रदर्शन

समाचार

12/27/2020

काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनलाई जसपाले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्दै आइतबार विरोध प्रदर्शन गरेको हो ।

आज दिउँसो १२ बजे संघीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिका जुलुस सुरु भई बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिबाटिकामा गई जसपाका शीर्ष नेताहरुले भाषण गरेका थिए ।

विरोध प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ