काठमाडौं, १२ माघ । ७३औं भारतीय सेना दिवसको अवसरमा गत बुधबार नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा ‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय र नेपाली सेनाबीच ऐतिहासिक सम्बन्ध रहेको र यसले दुवै देशलाई भातृत्व सम्बन्धको कसिलो बन्धनमा बाँधेको बताएका थिए ।
उनले भारतीय सेनामा गोरखा सैनिकहरुले देखाएको निःस्वार्थ सेवा तथा बलिदानीप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक तथा नेपालमा बसोबास गरिरहेका उनीहरुको परिवारहरुको सेवा गर्न भारत सदैव प्रतिबद्घ रहेको कुरा दोहो¥याएका थिए ।
‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले भारतीय सेना दिवसको अवसरमा भारतीय सेना प्रमुख जनरल एमएम नरवणेलाई शुभकामना सन्देश दिएका थिए ।
उनले भारतीय सेनाको वीरता, साहस र त्यागको प्रशंसा गर्दै भारतीय सेनाले नेपाली सेनाको आधुनिकिकरणमा पु¥याएको सहयोगको सराहना गर्नुभयो। यस अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई महारथी थापाले सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया