काठमाडौंमा शक्ति प्रदर्शन गर्दै जसपा

समाचार

12/27/2020

काठमाडौं, १२ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

संसद विघटनलाई जसपाले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्दै आज विरोध प्रदर्शन गर्न लागेको हो ।

आज दिउँसो १२ बजे संघीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिका जुलुस सुरु भई बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिबाटिकामा गई नेताहरुले आफ्नो वक्तव्य दिने जनाइएको छ ।

विरोध प्रदर्शनमा जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ