काठमाडौं, ९ चैत । मन्त्रिपरिषद् बैठकले भारतको रक्सौलदेखि काठमाडौंसम्म ब्रोडगेज रेलमार्ग निर्माणका लागि भारत सरकारसँग हुने समझदारी पत्रलाई स्वीकृत गरेको छ ।
समझदारी पत्रमा हस्ताक्षर गर्न भने रेल विभागका महानिर्देशकलाई अख्तियारी दिइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया