काठमाडौं, ११ चैत । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ ।
विस्तृत अध्ययनको काम अघि बढाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच औपचारिक मिति तय गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले जानकारी दिए । समझदारीपत्रमा हस्ताक्षरपछि भारतीय पक्षले डिपिआर अध्ययनको थालनी गर्नेछ ।
हालसम्म समझदारी नहुँदा अध्ययन थाल्न कठिनाइ भएको भन्दै भारतीय पक्षले चाँडो वातावरण तयार गर्न नेपाल सरकारलाई आग्रह गर्दै आइरहेको छ ।
यसअघि २५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीपत्रलाई स्वीकृत गरी हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय
रेल गुड्नका लागि दुई ट्र्याक चाहिन्छ । त्यही दुई ट्र्याकबीचको लम्बाइलाई गेज भनिन्छ । यसलाई अझ सजिलोसँग बुझ्न रेलको दायाँ र बायाँ चक्काबीचको लम्बाइ नै गेज हो ।
गेजले रेलको गुड्ने गतिलाई निर्धारण गर्छ । ब्रोडगेज रेलको अधिकतम गतिप्रति घन्टा २ सय किलोमिटरसम्म रहेको छ । तर, स्ट्यान्डर्ड गेजको रेलको औसत गति प्रतिघन्टा २ सय ५० किलोमिटरभन्दा माथि हुन्छ ।
तपाईको प्रतिक्रिया