काठमाडौं, १३ बैशाख । सोमबार काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौ उपत्यकामा बिहिबारबाट निषेधाज्ञा गर्ने निर्णय गरेका छन् ।
सो निर्णयसंगै सरकारले निषेधाज्ञा गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।
संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय घर जानका लागि दिइने प्रशासनले बताएको हो ।
लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ ।
तपाईको प्रतिक्रिया