काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

समाचार

4/26/2021

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको बढ्दो क्रम भंग गर्नका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।

उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् । निषेधाज्ञामा हवाइ यातायात भने बन्द नहुने स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ