कपिलवस्तुका वरिष्ठ पत्रकारको निधन

समाचार

9/9/2020

कपिलवस्तु, २३ भाद्र । कपिलवस्तुमा एकजना पत्रकारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका श्रोतव्यक्ति कुमार थापाले जानकारी दिए ।

उनका अनुसार मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए । उनका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएर उनीहरु घरमै आइसोलेशनमा बसिरहेका थिए ।

कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका २ छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ