कपिलवस्तु, ७ असार । बुद्धभूमि नगरपालिका–१० बिजगौरीस्थित खेतमा सिँचाई गर्नका लागि खनेको खाडलमा जम्मा भएको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर २ जना बालिकाको सोमबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सोही नगरपालिका–६ बदलापुर बस्ने प्रेमदास पासीको छोरी १२ वर्षीया रिता पासी र सोही ठाउँ बस्ने अब्बास मियाको छोरी १३ वर्षीया खुस्बुन मिया रहेका छन् ।
तपाईको प्रतिक्रिया