कपिलवस्तु, २७ बैशाख । कपिलवस्तुमा थप ३ जना कोरोना संक्रमति पुष्टि भएका छन् । वर्ष १७ का १ जना र १८ का २ गरी ३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरु तीनै जना मायादेवीस्थित क्वारेन्टाइनमा रहेका नै भएको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार उनीहरु ३ जना मायादेवी गाउँपालिका निवासी हुन् । योसँगै संक्रमितको संख्या कपिलवस्तुमा ५ जना पुगेको छ ।
पकडीस्थित छत्रपालि तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । त्यहँ रहेका ६५ जनामध्ये यसअघि १२ जनाको नतिजा आउँदा २ जना संक्रमित फेला परेका थिए भने शनिबार आएको नतिजाअनुसार थपिएका हुन् ।
अहिलेसम्म ६५ जनाको नतिजा आएको हो । अब टेकुस्थित प्रयोगशालमा कपिलवस्तुबाट पठाएको स्वाब परीक्षण गर्न बाँकी नरहेको जानकारी आफूले पाएको प्रजिअ दीर्घ नारायाण पौडेलले जानकारी दिए ।
खुल्ला सिमानाका कारण भारतवाट नेपाल दिनहु लुकी छिपी आउदा र चेकजांच कम भएको बताइएको छ । अझै कपिलवस्तुमा यो सख्या वढ्ने जानकारहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया