कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुमा पनि दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका युवाहरु रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरु केही दिन अगाडि भारतको मुम्बईबाट नेपाल आएका थिए । उनीहरु सामान्य रहेको छ । कपिलवस्तुको मायादेवी गाउँपाकिा साविक विजुवा गाविसका हुन् भारतसँग सिमाना जोडिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । उनीहरु ५ दिन अगाडि भारतको मुम्बईबाट आएका र आएपछि पकडीको क्वारेन्टइनमा राखिएको वडा अध्यक्ष कृष्ण नारायण तिवारीले बताए । मन्त्रालयले कपिलवस्तु नगरपालिका ८ भनेपछि तौलिहवा क्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।
तपाईको प्रतिक्रिया