कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

5/5/2021

कपिलवस्तु, २२ बैशाख । कृष्णनगर नगरपालिका–११ झिंगा चोकस्थित सडकमा लु.१ ख ७४५० नम्बरको बसले यूपी ५५ आईएल ०३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१२ नारायणपुर बस्ने २५ वर्षीय राम वरण यादबको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ