कपिलवस्तुमा वी.पी. स्मृति दिवस मनाइयो

समाचार

7/21/2021

कपिलवस्तु, ६ साउन । नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

तौलिहवाको बाल गृहमा रहेका बालबालिकालाई खाना खुवाएर कार्यक्रमको सूरुवात गरिएको हो । भने जिल्ला पार्टी कार्यलयमा अन्र्तरक्रिया कार्यकम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्ने नेपाली कागेंसका नेता तथा कार्यकर्ताले स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाले जन्माएको पार्टीका कार्यकर्ता हुन पाउदा गौरब लागेको बताए ।

आगामी दिनमा समेत विपीका सिद्धान्त र समाजवादलाई देशमा लागु गर्न र मेलमिलापको सिदान्तमा देश र पार्टी चलाउनुपर्नेमा उनिहरुले जोड दिएका थिए ।

जिल्ला सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा सम्पन्न कार्यकममा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहको आतिथ्यता र जिल्ला सदस्य माधव पराजुलीको स्वगतमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, महासमिति सदस्य प्रमात्मा प्रसाद पाठक, उपाध्यक्ष रामआशिष पाण्डेय, कोषाध्यक्ष सोहरत तेली लगायतले वि पि को योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपाल ,जिल्ला समन्यव समितिका उप प्रमुख तारावती थारु, सदस्य अनुप पाण्डेय, यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय, जिल्ला सदस्य प्रकाश घिमिरे,परमेश्वर पाठक, दिनेश हमाल, चर्तुभुजमणी त्रिपाठी, लगायतको सहभागिता रहेको थियो ।

उता जिल्लाका विभिन्न स्थानमा बृक्षारोपण गरेर विश्वेश्वरप्रसाद कोइरालाको स्मृति मनाइएको नेपाली कागे्रंस कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ