कपिलवस्तु, ३ भाद्र । कपिलवस्तुमा मंगलबार २० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारीअनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यालयका अनुसार संक्रमितमध्ये एक जना वाणगंगा नगरपालिका १ बैरियाका हुन् भने अन्य १९ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् ।
सबैभन्दा बढी तौलिहवा क्षेत्रमा दिनहुँ संक्रमित थपिएका छन् । यसरी संक्रमितहरु शिक्षक, विद्यार्थी, व्यापारी, प्रहरी, एम्वुलेन्स चालक, स्वास्थ्यकर्मी रहेको जनाइएको छ । मंगलबार थपिएका सबै समुदायका रहेका छन् ।
योसँगै जिल्लामा संक्रमित संख्या ९६६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए ।
कोरोनाका कारण अहिलेसम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गतेसम्म निषेधज्ञा जारी गरिएको छ ।
तपाईको प्रतिक्रिया