कपिलवस्तुमा ३७ केजी चरेससहित २ महिला पक्राउ

समाचार

9/23/2020

कपिलवस्तु, ७ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३७ केजी चरेस बरामद गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला समेत पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाउँपालिका वडा नं ०९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ०९ बानियाभर बस्ने वर्ष ३५ की बसन्ती घर्ती रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध चरेश ३७ केजी बरामद गरिएको प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

यसैबीच कपिलवस्तु प्रहरीले सोमबार यशोधरा ७ मर्यादपुरबाट लागु औषधसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धुनिया रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ