कपिलवस्तु, ७ भाद्र । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कपिलवस्तु जिल्लामा थप ८ दिन निषेधाज्ञा लम्ब्याइएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट भाद्र १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको जनाइएको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेट सम्पन्न हुँदै थियो ।
तपाईको प्रतिक्रिया