कपिलवस्तु, २५ चैत । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचारको क्रममा मृत्यु भएका बिरामीको रिपार्ट नेगेटिभ आएको छ ।
सोमबार साँझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशला भैरहवामा पठाइएको थियो । मंगलवार १ वजे आएको प्रतिबेदनमा रिपार्ट नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए ।
यता कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचारत बिरामीको सोमवार मृत्यु भएको थियो । मृतक भर गत शुक्रबारदेखि आइसोलेशनमा थिए ।
तपाईको प्रतिक्रिया