काठमाडौं, ७ जेठ । विपक्षीहरुको गठबन्धनअगावै नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
विपक्षी गठबन्धनले १४९ सहित कांग्रेसका सभापति शेरबहादुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ भने ओलीले आफ्नै नेतृत्वमा १५३ सांसदको हस्ताक्षरसहितको दाबी गरेका छन् ।
एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार दावी पत्रमा ओलीसँगै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वाभाविक हो । हामीसँग १२१ छ, जसपाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।
तपाईको प्रतिक्रिया