केपी ओली पुनः प्रधानमन्त्री नियुक्त, शपथ ग्रहण आज

समाचार

5/14/2021

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४३औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री पुनः नियुक्ति ओलीले शुक्रबार अपरान्ह शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ