कोभिड प्रभावितलाई खाद्यान्न वितरण

समाचार

7/23/2021

कपिलवस्तु, ८ साउन । जु जी ताइवानको सहयोग माहुरी होम र साझा प्रयास अभियानले शुद्धोधन गाउँपालिका वडा नं १ र ३ वडाका गरि १ सय २ जना कोभिड प्रभावित गरिव तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको छ ।

प्रत्येक जनालाई २५ किलो चामल, १० किलो आटा, दाल, नुन र चिनी १÷१ किलो र तेल १ लिटरका दरले १ सय २ जनालाई वितरण गरिएको छ ।

साम्रागी वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निसार अहमद खांले गाउँपालिका क्षेत्रका कोभिडको समयमा ज्याला मजदुरी गर्न नपाई दैनिक जीवनयापन गर्न समस्या भएका जनताको रासन वितरण गरी सहयोग गर्ने सहयोगी निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता सहयोगको अपेक्षा गरे ।

सामाजिक संघ संस्थासँग सहकार्य गरि विपन्न तथा ज्याला मजदुरी गरिखाने जनताका लागि गाउँपालिकाले सहकार्य गरी काम गर्ने समेत अध्यक्ष खांले बताए ।

वितरण समारोहमा माहुरी होम संस्थाका कोषाध्यक्ष जय प्रकाश पाण्डेयले आगामी दिनमा पनि स्वास्थ्य, खाद्यान्न लगायतका क्षेत्रमा संस्थाले सहयोग गर्ने बताए ।

अभियान मार्फत जिल्लामा १ हजार घरधुरीलाई खाद्यान्न वितरण गरिने अभियान कर्ता तथा माहुरी होमका कोषाध्यक्ष जय प्रकाश पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ