काभ्रेमा पनि नागरिकता विधेयकको विरोधमा प्रदर्शन

समाचार

6/30/2020

काठमाडौं, १६ असार । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी नेपालले काभ्रे जिल्लाको धुलिखेलमा पनि विरोध प्रदर्शन तथा सभा गरेको छ ।

नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी काभ्रेले प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको जसपाका नेता सबर प्रजापतिले जनाएका छन् ।

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जनाइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐनको संशोधन प्रस्ताव भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि विरोधी रहेको भन्दै विवेकहीन र पश्चगामी रहेको जसपाको ठहर छ ।

नागरिक विधेयकप्रति खेद प्रकट गर्दै तत्काल सच्याउन जसपा काभ्रेले प्रधानमन्त्रीलाई चार बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ