कम्युनिष्ट र मधेशी दलले अब एक सीट पनि जित्दैनन् : निधि

समाचार

2/11/2021

पर्सा, २९ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनमा तथाकथित मधेशवादी दलले प्रदेश २ मा कुनै सिट नजित्ने दावी गरेका छन्। प्रतिनिधि सभाका ४ सिटमध्ये मधेशवादी दलले चारै सिट जितेको पर्सामा उनले यस्तो बताएका हुन्।

वीरगन्जमा पत्रकारहरूसँग कुरा गर्दै उपसभापति निधिले आगामी निर्वाचनको चर्चा गरेका हुन् । ‘अन्य कुनै कम्युनिष्ट पार्टी भन्नेले पनि अबको निर्वाचनमा कांग्रेसलाई यो प्रदेशमा एउटा पनि सिटमा हराउन सक्दैनन्,’ निधिले भने ।

कांग्रेसको मुख्य प्रतिस्पर्धीका रूपमा रहेको दुईतिहाइ नजिकको कम्युनिष्ट नेतृत्वको सरकार आफ्नै अकर्मण्यताका कारण दुई चोइटा भएका बेला हौसिएका नेता निधिले मधेशवादी दललाई त दलसम्म पनि नठानी तथाकथित संज्ञा दिए ।

उनले भने, ‘कांग्रेसलाई कांग्रेसले मात्र हराउन सक्छ, नत्र अन्य कुनै दलले कांग्रेसलाई हराउन सक्दैन ।’ उनले विगतका निर्वाचनमा कांग्रेसभित्र भएका अन्तर्घाततर्फ पनि इंगित गरेका थिए ।

निधिले संसद विघटन कदम असंवैधानिक भएको, तर निर्वाचनको बाटोको भने गलत कदम नभएको तर्क गरे । निर्वाचन त लोकतन्त्रको बाटो भएकाले कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ