कैलाली, ४ असार । गोदावरी नगरपालिका–६ स्थित सडकमा बा.२० च ५१२८ नम्बरको कारको ठक्करबाट से.४ प ७३९८ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कारले मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर नगरपालिका–२ बस्ने ३३ वर्षीय गम्भिर कुडकेनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया