कोरोनाको आशंकामा कपिलवस्तुमा एक जना आइसोलेशनमा

समाचार

4/4/2020

कपिलवस्तु, २२ चैत । कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेशनमा राखिएको छ ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको विजयनगर गाउँपालिका–२ जर्लेयाका ३० वर्षीय भर थर भएका एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए ।

बिरामीलाई शुक्रबार शिवराज नगरपालिको चन्दौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यसले बिरामीलाई आइसुलेशनमा राखेर उपचार जारी राखेका छौं’ बन्जाडले भने । बिरामीको स्वाब परीक्षणका लागि आइतबार बुटवल पठाइने उनले बताए ।

कोरोनाको आशंकामा आइसुलेशनमा राखेर उपचार गरिएको यो पहिलो बिरामी रहेको उनले बताए । भर एक सामान्य किसान हुन् ।

उता जिल्लाका १० पालिकाले तयार गरिएको ८ सय ९९ क्वारेन्टाईन बेडमा ६ सय ७२ जनाा रहेको प्रशासन कर्यालयले जनाएको छ । २३ जना डिस्चार्ज भई घर गई सकेको छन् ।

जिल्लामा ८ आईसुलेशन बेड संचालन गरिएका छन् । क्वारेन्टाइनमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ