कोरोनाका कारण आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित

समाचार

9/22/2020

काठमाडौं, ६ असोज । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

मंगलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण भन्दै चुनाव स्थगित भएको हो ।
आधिकारिक ट्रेड युनियनको चुनाव आगामी २४ असोजका लागि तय भएको थियो ।

यता, नेपाल मधेशी निजामती कर्मचारी मञ्चले पनि चुनावको विरोध गर्दै आएको थियो । मधेशी कर्मचारी मञ्चले चुनावमा १० प्रतिशतको थ्रेसहोल्ड खारेजीको माग गर्दै ३ प्रतिशत लागू हुनुपर्ने माग राखेको थियो ।

यस्तै, प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पनि कोभिडको जोखिम रहेको र विभिन्न विवादहरुसमेत रहेकोले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ