कोरोनाको हटस्पट नेपालगन्ज उपमहानगरमा लकडाउन

समाचार

4/21/2021

नेपालगन्ज, ८ बैशाख । नेपालमा पनि सुरु भएको कोरोनाको दोस्रो चरण नेपालगन्जमा भयावह अवस्था हुँदै गएको छ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ