करेन्ट लागेर एकको मृत्यु

समाचार

9/8/2020

बाँके, २३ भाद्र । कोहलपुर नगरपालिका–८ रझेना बस्ने ३५ वर्षीय जलीराम चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित जेठानको घरमा बस्दै आएका उनको सोही घरको धाराको मोटरबाट तार सर्ट भई च्यानल गेटमा छुन गई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ