बाँके, १० साउन । खजुरा गाउँपालिका–५ दलैपुर बस्ने ५५ वर्षीय काम्ता यादवको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने किसन बडहिको किराना पसलमा विजुली सर्ट भई आगलागी हुँदा आगो निभाउने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङहोम नेपालगंज बाँकेतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया