करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

समाचार

4/25/2021

धनुषा, ११ बैशाख । कमला नगरपालिका–८ सोनापाडास्थित सडकमा बिजुलीको तार उठाउने क्रममा करेन्ट लागेर प्र.२–०३–००१ ख २२६२ नम्बरको टिपरका सह–चालक २२ वर्षीय महमद ताहिर मंसुरको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो टिपरमाथि बसेर घरमा लगेको बिजुलीको तार उठाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ