करेन्ट लागेर महिलाको मृत्यु

समाचार

7/18/2021

पर्सा, ३ साउन । पोखरीया नगरपालिका–६ शिर्सिया बस्ने ५८ वर्षीया लक्ष्मीनिया देवी तत्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित धान कुट्ने सेलर मिलमा सरसफाई गर्ने क्रममा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ