बारा, ७ चैत । जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया भवानीपुर बस्ने ३० वर्षीय उपदेश चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने दिप नारायण चौधरीको खेतमा मकैलाई तारले घेरी करेन्ट छाडेकोमा करेन्ट लाग्दा उपदेश चौधरीको मृत्यु भएको बताइएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुर र सिमराबाट खटिएको प्रहरीले दिप नारायणलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया