करेन्ट लागेर युवकको मृत्यु

समाचार

6/30/2021

कैलाली, १६ असार । गोदावरी नगरपालिका–९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागि अशक्त भएका भएका थिए ।

उनको पद्मा अस्पातल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ