करेन्ट लागेर युवकको मृत्यु

समाचार

4/13/2021

मोरङ, ३० चैत । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ बस्ने पर्शुराम राईको घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने २६ वर्षीय बिनोद घिमिरेको आइतबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ