झापा, २६ असार । बिर्तामोड नगरपालिका–१ बस्ने ईलाम सन्दकपुर गाउँपालिका–२ घर भएका ३८ वर्षीय आयुस राईको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–६ स्थित पुर्वेली टोलमा अमृत कुमार गुरुङको घर ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया