करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

समाचार

10/31/2020

महोत्तरी, १५ कार्तिक । करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ ।

मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर भएका ४५ वर्षीय गौरी पण्डित रहेका छन् । पण्डित नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत थिए ।

शनिबार बर्दिबास नगरपालिका वडा नम्बर १ मा विद्युत लाईन मर्मत गर्न पोलमा चढेकोमा करेन्ट लागेपछि उनलाई उपचारको लागि बर्दिबास जनसेवा अस्पताल पु¥याइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएकोमा जानकी केयर हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ । पण्डित करिब १० वर्षदेखि ज्यालादारी कर्मचारीको रुपमा विद्युत प्राधिकरणमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ