करेन्ट लागेर सुनारको मृत्यु

समाचार

10/13/2020

कैलाली, २७ असोज । लम्की चुहा नगरपालिका–९ बनबाशा प्रतापपुर बस्ने ५० वर्षीय दल बहादुर सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा सोमबार बेलुका करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ