जनकपुरधाम, २७ साउन । धनुषामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विदेह नगरपालिका–८ का एक ६० वर्षीय पुरुषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनी १८ दिनदेखि आईसीयूमा राखेर उपचाररत् थिए । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका थिए ।
यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
तपाईको प्रतिक्रिया