कोरोनाबाट मोरङमा थप एकको मृत्यु

समाचार

9/12/2020

विराटनगर, २७ भाद्र । मोरङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको २२ भदौमा पुष्टि भएको थियो ।

उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा सुगर र प्रेसरसम्बन्धी दिर्घरोग समेत थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ