कोरोनाबाट रुपन्देहीमा एक वृद्धको मृत्यु, मृतकको संख्या ४० पुग्यो

समाचार

10/12/2020

रुपन्देही, २६ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट रुपन्देहीमा सोमबार बिहान थप एकजना संक्रमितको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मर्ने संख्या ४० पुगेको छ ।

सोमबार बिहान देवदह नगरपालिका–१० का ७९ वर्षका पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ