विराटनगर, १० भाद्र । कोरोना भाइरस (कोभिड–१९) बाट विराटनगर एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको उपचाररत महिलाको मंगलबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।
महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईको प्रतिक्रिया