जनकपुरधाम, १२ बैशाख । कोरोना भाइरसको संक्रमणबाट सर्लाहीका एकजना संक्रमित युवकको मृत्यु भएको छ । रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि काठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।
गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो ।
तपाईको प्रतिक्रिया