कोरोनाभाइरस चीनको प्रयोगशालामा बनाइएको दाबी

समाचार

4/22/2020

काठमाडौं, १० बैशाख । अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा कुराकानीमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ ।

सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमा रहेको छ । जहाँबाट कोरोनाभाइरस रोगको उत्पत्ति भएको थियो र अहिले विश्वमा माहामारीको रुपमा फैलिएको छ ।

उक्त नयाँ भाइरस मानवनिर्मीत भएको समाचारहरु बारेमा पनि चर्चा हुँदै आएका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरस उक्त प्रयोगशालाबाट बाहिरिएको बताएसँगै यी विषयलाई अमेरिकी सरकारले नियालिरहेको बताएका थिए ।

त्यसोभए यो पछिल्लो विकासक्रमले वर्तमान महामारीको हाम्रो बुझाइमा के जानकारी वा ज्ञान थप्छ त ? वाशिङ्गटन पोस्ट पत्रिकाले कूटनीतिक पत्राचारबाट प्राप्त जानकारीबारे समाचार बनाएको छ । उसका अनुसार सन् २०१८ मा अमेरिकी विज्ञान कूटनीतिज्ञहरूलाई चिनियाँ अनुसन्धान केन्द्रमा पटकपटक पठाइएको थियो ।

ती अधिकारीहरूले प्रयोगशालामा अपर्याप्त सुरक्षा रहेको चेतावनीबारे वाशिङ्गटनलाई दुईपटक पत्राचार गरेर जानकारी गराएका थिए ।

उनीहरूले वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआइभी)मा सुरक्षा र व्यवस्थापनसम्बन्धी कमजोरी रहेको औँल्याएका थिए । साथै ती कूटनीतिज्ञहरू सो प्रयोगशालाले चमेरामा हुने कोरोनाभाइरसको अनुसन्धान गरिरहेको र त्यसले सार्सजस्तो महामारीको जोखिम बढाएको उल्लेख गरेका थिए ।

उक्त पत्रिकाका अनुसार ती पत्राचारले अमेरिकी सरकारभित्र अहिले कतै वर्तमान महामारीको स्रोत सोही प्रयोगशालाको भाइरस त होइन भन्ने छलफल चलेको छ । फक्स न्यूजले पनि सोहीबारे विवरण प्रस्तुत गरेको छ ।

गत वर्षको अन्तिमतिर जब वर्तमान महामारी देखियो त्यतिखेर त्यसलाई वुहानको विविध जनावरका मासु किनमेल हुने बजारसँग जोडियो । अनलाइनमा त्यसबारे निकै चर्चा भएपनि सार्स(कोभ(२ भाइरस ,जसले कोभिड(१९,रोग गराउँछ, त्यो प्रयोगशालाबाट दुर्घटनावश बाहिर फैलिएको भन्ने कुनै प्रकारको प्रमाण भेटिएन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ