वीरगञ्ज, ३ भाद्र । वीरगञ्जमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले गरेका छन् ।
भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो ।
यस्तै कोभिड संक्रमित भई गण्डक अस्पतालमा उपचाररत ८४ वर्षिय पुरुषको उपचारको क्रममा मंगलबार नै मृत्यु भएको हो । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
हालसम्म वीरगञ्जमा पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।
तपाईको प्रतिक्रिया