काठमाडौं, १४ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको आजदेखि देशव्यापीरुपमा प्रयोग शुरु भएको छ । गत साता छिमेकी मित्रराष्ट्र भारतले अनुदानस्वरुप नेपाललाई दश लाख डोज खोप उपलब्ध गराएको थियो ।
कोरोनाविरुद्धको खोपको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । खोप स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताा राखेर प्रयोगमा ल्याउन शुरु भएको हो ।
सेरम कम्पनिले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन प्रयोगमा ल्याइएको हो । ४ लाख ४३ हजारले पहिलो चरणमा खोप पाउने भएका हुन् ।
भारतले विश्वको सबैभन्दा ठूलो खोप अभियान चलाइरहेको छ ।
खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मित्रराष्ट्र भारतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भने, ‘मित्रराष्ट्र भारतले आफ्नो देशमा खोप अभियान सुरु गरेलगत्तै नेपाललाई पनि अनुदानस्वरुप उपलब्ध गराएकोमा भारतका जनता, भारतीय सरकार र खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीजीप्रति आभार व्यक्त गर्न चाहन्छु ।’
तपाईको प्रतिक्रिया