कोरोनाविरुद्धको लडाइमा अहिलेसम्मकै ठूलो निर्णय : भारतमा २१ दिनसम्म सम्पूर्ण लकडाउनको घोषणा

समाचार

3/24/2020

काठमाडौं, ११ चैत । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आगामी २१ दिनसम्म सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् ।

प्रधानमन्त्री मोदीले आज राती १२ बजेदेखि २१ दिनसम्म सम्पूर्ण लकडाउन भएको घोषणा गरेका हुन् । उनले यो लकडाउन भनेको कर्फ्यु जस्तै रहेको बताए ।

कोरोना भाइरस दिनप्रति दिन बढ्दै गएकोले यसलाई नियन्त्रण गर्नका लागि यो एउटा मात्र उपाय भएकोले सम्पूर्ण नागरिकलाई साथ दिन हात जोडेर मोदीले आग्रह गरेका हुन् ।

‘चाहे जेसुकै होस्, घरबाट ननिस्किनु’ भन्दै मोदीले भने, ‘यो समय कदम कदममा सावधानी अपनाउनुपर्ने समय हो ।’

मोदीले ज्यान छ भने संसार छ भन्दै उनले जीवन रक्षाका लागि यो मात्रै एउटा बाटो भएको बताए ।

साथै, उनले दिनरात खटिरहेका मिडियाकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको जीवन रक्षाका लागि प्रार्थना गर्न आग्रहसमेत गरेका छन् ।

उनले देशका एक–एक जनतालाई बचाउनुपर्ने भएकोले यस्तो कदम चालिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ