काठमाडौं, १० चैत । कोरोना भाइरससँग जुध्न सरकारले छिमेकी मुलुकको सहयोग लिने भएको छ । भारत र चीन दुवै छिमेकीसँग स्वास्थ्य उपकरणदेखि आवश्यक भौतिक पूर्वाधार सहयोगबापत माग्ने निर्णय सरकारले लिएको हो ।
सरकारले परराष्ट्र मन्त्रालयमार्पmत दुवै मुलुकमा रहेका नेपाली दूतावासलाई सहयोगमा पहल गर्न निर्देशन दिएको छ । भारत र चीनले यसअघि नै सहयोग उपलब्ध गराउने बताइसकेका छन् ।
सरकारले सार्क सहकार्यलाई ध्यान दिँदै सहयोग लिने तयारी अघि बढाएको हो । नेपालले चीन र भारतसँग बराबर परिमाणमा उपकरण माग गरेको अधिकारीले बताए ।
दुवै मुलुकसँग ल्याबसहितको एम्बुलेन्स, परीक्षण किट २ लाख, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट १ लाख, भीटीएम १ लाख, एन ९५ मास्क डेढ लाख थान माग्न पत्राचार भएको छ ।
यो विषयमा भारतका विदेशमन्त्री एस जयशंकर तथा तथा चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता गरेका थिए । भारत र चीन दुवैले नेपाललाई सहयोग उपलब्ध गराउने बताएपछि सरकारले सहयोगका लागि आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया