कपिलवस्तु, २५ चैत । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।
सोमबार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।
यी विरामीलाईको स्वाव परिक्षणका लागि भैरहवा पठाइए पनि अझै रिर्पोट आइसकेको छैन । उनी गम्भिर विरामी परेपछि कोरोनाको आशंकामा कपिलवस्तु अस्पताल भर्ना गरिएको थियो ।
उनको के कति कारणले मृत्यु भएको हो कपिलवस्तु अस्पतालले पुष्टि गरिसकेको छैन । उनी उपचाररत थिए । उनि गाउंमै खेती किसानी गर्ने गरेको स्थानीयले बताएका थिए ।
१ हप्ता देखी विरामी भएका उनीलाई पहिलो पटक बहादुरगजंको स्थानीय स्वास्स्थय संस्थामा उपचार गरे २ दिन पछि निको नभएपछि चन्दँैटा गएपछि उपचारको लागि वुटवल लान भएपनि परिवारकले आर्थिक समस्याको कारण नजिक पर्ने भन्दै उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।
तपाईको प्रतिक्रिया