कोरोना उपचार औषधि ‘रेमडीसिभिर’ भारतबाट नेपाल आउने

समाचार

8/21/2020

काठमाडौं, ५ भाद्र । अनुसन्धानको क्रममा कोरोनाका सिकिस्त बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडीसिभिर औषधी नेपाल ल्याउनका लागि आवश्यक अन्तिम तयारी पूरा भएको छ ।

भारतीय कम्पनी सिप्लाबाट औषधी आयात गर्ने अनुमति पाएको नेपालको यतिकेम डिस्ट्रीब्युटर प्रालिका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले उक्त औषधी भारतबाट लोड गरेर नेपालका लागि पठाउने तयारी भइरहेको बताएका छन् ।

वैद्यका अनुसार सिप्लाले रेमडीसिभिर औषधी निर्यात गर्न भारत सरकारबाट अनुमति पाएको र त्यहाँबाट नेपालका लागि औषधी लोड गरेर पठाइनेछ ।

तर औषधि नेपाल आइपुग्न भने चार÷पाँच दिन लाग्ने र रक्सौल हुँदै वीरगञ्जबाट उक्त औषधी नेपाल ल्याइने उनले बताए । यतिकेमले सिप्लासँग दुई हजार भायल रेमडीसिभिर मागेकोमा अभावका कारण कम्पनीले पहिलो चरणमा पाँच सय भायल मात्र पठाउँदै छ ।

यतिकेमका अनुसार उक्त औषधीको मल्य नेपालमा करिब रू. ६,५०० पर्नेछ । औषधी व्यवस्था विभागले सिप्लासहित भारतीय कम्पनी हेटेरो र माइलनलाई पनि रेमडीसिभिर औषधी आयातको अनुमति दिइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ