कोरोना कहर : पर्सामा थप दुईको मृत्यु, १४१ संक्रमित थपिए

समाचार

8/7/2020

वीरगन्ज, २३ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुईजना पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ वर्षीय र ५७ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

५७ वर्षीय व्यवसायीको कोभिड अस्पताल गण्डकमा उपचारको क्रम मृत्यु भएको थियो । यस्तै, ७९ वर्षीय अर्का पुरुषको भने घरमा नै मृत्यु भएको थियो । उनीहरु दुवैको बिहीबार मृत्यु भएको हो ।

अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वाव रोगबाट पीडित थिए ।

यस्तै, पर्सामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ । संक्रमिटमध्ये २४ जना महिला र बाँकी सबै पुरुष छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ